सभामुख कृष्ण बहादुर महराको राजीनामा स्वीकृत

दियो पोस्ट  

काठमाडौं, १५ असोज । बलात्कार आरोप लागेपछि विवादमा तानिएका प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराको राजिनामा स्विकृत भएको छ । राजिनामा स्विकृत भएसँगै महरा अब पदमुक्त सामान्य नागरिक भएका छन् ।


सचिवालयका सचिव भरतराज गौतमले सुचना टाँसेर जानकारी गराएका छन् । उपसभामुख शिवमाया तुम्बाहाम्फेले महराको राजिनामा स्विकृत गरेका हुन् । महराले आफूमाथि बलात्कार गरेको आरोप राजधानीको सुविधानगर बस्दै आएकी रोशनी शाहले लगाएकी थिइन् ।

आरोपकै आधारमा महराले राजिनामा दिएका थिए । तर, राजिनामा दिएपछि भने रोशनीले आफूमाथि महराले कुनै यौन दुर्व्यबहार नगरेको, बाबु सम्मान व्यक्ति भएको जस्ता अभिव्यक्ति दिएकी छिन् ।