काठमाडौं, १७ असोज । पदयात्री पर्यटक विरामी ठगी प्रकरणमा मुछिएपछि राजधानीको ठमेल स्थित ‘टप अफ द वर्ल्ड एडभेन्चर प्रा.लीले प्रकाशित समाचारको खण्डन गरेको छ ।
दियोपोस्ट डटकममा उक्त कम्पनि समलग्न रहेको भन्दै ‘पर्यटक रेस्क्यु’मा ‘अर्कोधन्दा’ स् नक्कली बिल बनाएर यसरी ठगिन्छन् विरामी पर्यटक’ शिर्षकमा समाचार प्रकाशन भएको थियो । प्रकाशित समाचारको सम्बन्धित सञ्चार माध्यममै खण्डन गर्नुपर्ने पत्रकार आचार संहितालाई पछ्याउँदै कम्पनिले दियोपोस्टलाई खण्डन उपलब्ध गराएको हो ।
कम्पनिका प्रबन्ध निर्देशक जनार्दन नेपालले आफूहरुले मानवीय सहयोग गरेको र सहयोग गर्दा ठगी गर्ने कुनै नियत नरहेको समेत खण्डनमा उल्लेख गरेका छन् ।
‘उक्त रेस्क्यु ठग्ने नियतले नभई केवल मानवीय सहयोगका लागि गरिएको स्पष्ट पार्न चाहान्छु,’ जनार्दनले आफ्नो खण्डनमा भनेका छन् ।
यस्तो छ उनको खण्डनको पूर्ण पाठ