कृष्ण बहादुर महरा विरुद्ध पक्राउ पुर्जीको तयारी, रोशनीले दिइन् जाहेरी !

दियो पोस्ट  

काठमाडौं, १८ भदौ । तत्कालिन सभामुख कृष्ण बहादुर महरा विरुद्ध महानगरीय प्रहरी बृत बानेश्वरमा किटानी जाहेरी दर्ता भएको छ ।
यौन दुर्व्यबहार गरेको आरोप लगाउने रोशनी शाहीले अन्तत प्रहरीमा अर्को जाहेरी दिएकी हुन् । अर्को किटानी जाहेरीसँगै महरा पक्राउ पर्ने निश्चित भएको छ ।
यसअघि आफूमाथि सभामुख महराले बलात्कार गरेको आरोप ल गायकी रोशनीले महराकै आफन्तको दबावमा बयान फेरेकी थिइन् । तर, बयान फेरको विषयमा समेत चौतर्फी आलोचना भएको थियो ।
पीडित महिलाको आरोप हाम्रा कुरा डटकमले सार्वजनिक गरेपछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए । जाहेरी परेसँगै काठमाडौं प्रहरीले महरा विरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।