यौनकाण्डमा अभियुक्त बनेपछि निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ

यौनकाण्डमा अभियुक्त बनेपछि निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ

काठमाडौं, १९ असोज । प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । जिल्ला अदालतले महरालाई पक्राउ पुर्जी दिएको केही बेरमै उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा किटानी जाहेरी दिएका थिइन् ।
यसअघि बलात्कार अभियोग सञ्चारमाध्यममा आएपछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए । राजीनामा दिएका महरालाई आफूले लगाएको आरोप झूटो भन्दै रोशनीले प्रहरीलाई बयान फेरेर अर्को निवेदन दिएकी थिइन् । तर, शनिबार बानेश्वर प्रहरीमा रोशनीले फेरी अर्को जाहेरी दिएपछि प्रहरीलाई महरा पक्राउ गर्ने बाटो खुलेको हो ।

Trending News