चीनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न भारतमा यस्तो मखौटामा तयार भए विद्यार्थी !

Diyo post  

काठमाडौं, २४ असोज । शुक्रबार भारत भ्रमणका लागि निस्किएका चिनियाँ राष्ट्रपति सी चिफिङ शनिबार नेपाल आउँदैछन् । भारतमा उनको स्वागतका लागि भारत सरकारले विमानस्थलदेखि विभिन्न स्थानमा उनको तस्विर र चिनिया झन्डाले रंग्याएको छ ।

भारतीय संचार माध्यमले सार्वजनिक गरेको तस्विरमा विद्यार्थीहरुले सी को स्वागतका लागि उनको मास्क लगाएका विद्यार्थीहरुले स्वागत गर्ने तयारी गरेका छन् ।


चेन्नाई स्थित विमानस्थलमा एक विद्यालयका करिब २ हजार विद्यार्थीहरु पृष्ठभूमिमा राष्ट्रपति सीको तस्विर राखेर चिनियाँ भाषामा ‘स्वागतम’को आकारमा रातो पहिरनमा सीको मास्क लगाएर बसेका छन् । त्यसैगरी, ‘स्वागतम’को ठिक अगाडी पहेलो रंगमा अंग्रेजी भाषामा ‘हार्ट्ली वेलकम’ लेखिएको छ ।

चेन्नाई विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमानस्थलको वरीपरी भारत र चीनको झण्डा फहराइएको छ ।

सम्बन्धित खबर