चिनियाँ राष्ट्रपति सी लाई स्वागत गर्न विमान भित्रै पुगिन् नेपालका राष्ट्रपति विद्या भण्डारी !

दियो पोस्ट  

काठमाडौं, २५ असोज । चिनिया राष्ट्रपति सी चिनफिङको स्वागतका लागि नेपालका राष्ट्रपति विद्या भन्ण्डारी विमान भित्रै पुगेकी छिन् । चाइना एयरको दोस्रो विमान मार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनी राष्ट्रपति विद्यादेवि भण्डारी नपुगुन्जेलसम्म विमानभित्रै कुरेर बसेका थिए ।
भण्डारीसँगै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले पनि स्वागत गरेका थिए । विमानबाट ओर्लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च तहका प्रमुखहरुले स्वागत गरेका थिए । उनलाई यतिबेला नेपाली सेनाको टुकडीले सलामी दिँदैछ ।