सिटिजन बैंकका अध्यक्ष राजन सिंह भण्डारीलाई नेपाल तेक्वान्दो संघ प्रदेश ३ को सम्मान

Diyo post  

काठमाडौं, २९ असोज । सिटिजन्स बैंकको अध्यक्षमा चयन भएका राजन सिंङ भण्डारीलाई नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले सम्मान गरेको छ ।


नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ का उपाध्यक्ष समेत रहेका भण्डारी यसअघि सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए । गत पौषसम्म सिइओमा कार्यरत उनले पदबाट स्वयच्छिक राजिनामा दिएका थिए ।


गत असोज १२ गते राष्ट्र बैंकका गभर्नर चिरन्जीवि नेपालबाट बैंकको अध्यक्ष पदको सपथ लिएका भण्डारी सफल बैंकर मानिन्छन् ।


कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ का अध्यक्ष केशव पुरीले तेक्वान्दो खेलको विकासमा भण्डारीको योगदानको चर्चा गर्दै भण्डारीको चार वर्षे कार्यकाल सफलताको शुभकामना दिए ।


कार्यक्रममा नेपालका तर्फबाट पहिलो पटक एशियाली खेलकुदमा पदक जितेका तेक्वान्दो खेलाडी विधान लामालाई पनि सम्मान गरिएको थियो ।


कार्यक्रममा नेपाल प्रहरीका पूर्व एआइजी तथा प्रदेश उपाध्यक्ष माधव नेपाल, अर्का उपाध्यक्ष प्रकाश खड्की लगायतको सहभागीता थियो ।

सम्बन्धित खबर