काठमाडौं, ३० असोज । निवर्तमान सभामुख कृष्ण बहादुर महरा प्रहरी हिरासतमा छन् । संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएपछि प्रहरीद्वारा निवासबाटै पक्राउ परेका महराबारे सर्वत्र चर्चा र आलोचना जारी छ ।
महराको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरेरै अनुसन्धान गरिरहेको छ । प्रहरी अनुसन्धाकैबीच यता महराकी धर्मपत्नि भने गम्भिर विरामी परेको पाइएको छ ।
महराले विवाहहेत्तर सम्बन्ध राखेको चौतर्फी चर्चा भएपछि महरापत्नि सिता महरालाई असैह पिडा भएका कारण उनी स्वास्थ्य समस्यामा परेको जानकारी उच्च स्रोतले दियोपोस्टलाई दियो ।
‘उहाँलाई न्युरो सम्बन्धी समस्या भएको छ । यही घटनाकै कारण पनि हुनसक्छ डिप्रेसनको विरामी समेत हुनु भएको छ,’ उच्च स्रोतले भन्यो ।
स्रोतका अनुसार महरा पत्नि सिता प्रत्येक २ घण्टामा औषधी सेवन गर्नुपर्ने अवस्थामा पुगेकी छिन् ।