कृष्ण बहादुर महराको बचाउमा जिल्ला अदालतमै पुगिन् रोशनी शाही, प्रहरीले जबरजस्ती गरेको आरोप !

कृष्ण बहादुर महराको बचाउमा जिल्ला अदालतमै पुगिन् रोशनी शाही, प्रहरीले जबरजस्ती गरेको आरोप !

काठमाडौं, ३ कार्तिक । सामाजिक सञ्जाल मार्फत आफूमाथि निवर्तमा सभामुख कृष्ण बहादुर महराले बलात्कार प्रयास नगरेको दाबी गरेर बयान फेरेकी रोशनी शाही अदालत पुगेकी छिन् । उनले महराको बचाउका लागि अदालतमा बयान दिन पुगेको पाइएको छ ।
आइतबार अदालतमा म्याद थपका लागि महरा पुग्दा उनीपछि निवेदन रोशनी जिल्ला अदालतमा हाजिर भएको पाइएको छ ।
आफूलाई ९ घण्टासम्म प्रहरीले बन्धक बनाएर जबरजस्ती जाहेरी दिन लगाएको आरेप लगाउँदै आएकी रोशनीले अदालतमा समेत सोही निवेदन पेश गरेको पाइएको छ ।

अदालत समक्ष महरा र आफ्नो पारिवारिक सम्बन्ध भएको र आफूमाथि बलात्कार नगरेको’ उनले बताएकी छिन् ।

रोशनीले प्रहरीले आफूमाथि बार्गेनिङ गरेर जाहेरी दिन लगाएको आरोप समेत लगाएकी छिन् ।
यसअघि एक अनलाईन मार्फत आफूमाथि सभामुख कृष्ण बहादुर महराले बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनको आरोपपछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए ।

राजिनामा दिएका महरालाई प्रहरीले सभामुख निवासबाटै पक्राउ गरेको थियो ।

Trending News