* गुण्डा नाइके बलेसहित जुवाखालबाट २५ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं , १० कात्तिक । काठमाडौं प्रहरीले महाराजगञ्जस्थित एक जुवाखालबाट क्यासिनो किङ भनिने बलराम सापकोटा बलेसहित २५ जनालाई पक्राउ गरेको छ ।

जुवाडेहरुबाट नगद २ करोड ६७ लाख २५ हजार र ३ लाखको चेक बरामद भएको छ

प्रहरीले महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम पौडेलको घरमा छापा मारेको थियो ।
यद्धपी प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखेको छ ।

*यसअघि प्रकाशित समाचारमा पूर्व गृहराज्य मन्त्री ईन्द्र बानियाँ सहित पक्राउ परेको भनिएपनि उनी भने प्रहरीकै सुचनाका आधारमा भाग्न सफल भएको बताइएको छ । विशेष स्रोतका अनुसार बानियाँ प्रहरी आउनुभन्दा ५ मिनेट अघि नै भागिसकेका थिए ।*

सम्बन्धित खबर