काठमाडौं, १० कार्तिक । महानगरीय प्रहरी परिसर काठमाडौंको निर्देशनमा प्रहरी बृत महाराजगन्जले शनिबार निकै ठूलो अपरेशन चलायो ।
काठमाडौँ महानगरपालिका–३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको सुचनाका आधारमा प्रहरी बृतले ठूलो अपरेशन चलाएको थियो । महानगरीय प्रहरी बृत महाराजगन्जले शनिबार राति नै उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कौडा खेल्दै गरेको अवस्थामा पूर्व गृहराज्यमन्त्री ईन्द्र बानियाँ सहित २५ जनालाई पक्राउ गरेको सुचना चुहिए पनि बानियाले भने आफू पक्राउ नपरेको भन्दै पत्रकार सम्मेलनबाटै समाचारको खण्डन गरिसकेका छन् । यद्धपी विश्वस्त सुत्रका अनुसार बानियाँलाई प्रहरीले सुचना चुहाएपछि ५ मिनेट अघि नै भागेका थिए ।
। जुवा खालबाट नगद र चेक गरी जम्मा २ करोड ७० लाख बढी रकम बरामद भएको थियो । प्रहरीले झन्डै ३ घण्टा लगाएर पैसा गनेको थियो । बरामद गरिएको पैसाले प्रहरीको टेबल नै भरियो ।
महाराजगञ्जस्थित होटल साम्लाको पछाडी रहेको बिक्रम गौतमको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन्। उनीहरु सबै पेशेवर जुवाडे हुन् । सापकोटा क्यासिनो किङका नामले चिनिन्छन् ।