‘भिआइपी’ जुवाडे छुटाउन प्रधानन्यायधीश चालेन्द्र सम्शेर जबराकै भाइको सेटिङ !

‘भिआइपी’ जुवाडे छुटाउन प्रधानन्यायधीश चालेन्द्र सम्शेर जबराकै भाइको सेटिङ !

काठमाडौं, ११ कार्तिक । प्रधानन्यायधीश चोलेन्द्र सम्शेर जबराकै भाई प्रभु सम्शेर जबराको सेटिङमा आइतबार पक्राउ परेका भिआइपी जुवाडे छुटाउन चलखेल भएको छ ।


दिपावलीको अवसरमा सर्वोच्च अदालत बन्द हुने भएपनि प्रभुको सेटिङमा बन्दी प्रतिक्षिकरणको रिट दायर भएपछि भिआइपी जुवाडेहरुको समुहलाई अदालत लैजाने तयारी भएको हो ।


पक्राउ परेका जुवाडे प्रदीप बोगटी र प्रभुबीच निकै राम्रो दोस्ती रहेको बताइन्छ । स्रोतका अनुसार प्रधान्यायधीश चालेन्द्र सम्शेर जबराकै घरमा जुवा खेलाइने गरेको र सो दिन भने प्रहरीले निगरानी बढाएपछि महाराजगन्जस्थित विक्रम गौतमको घरमा जुवा खेलाइएको थियो ।


शनिबार राती प्रहरीले जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँसहित २५ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये ६ जना आइतबार नै बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
अदालत सेटिङका आधारमा एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटा, ठेकेदार पवनकुमार अग्रवाल, उद्योगी श्रमणकुमार गोयल, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामाले बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेका हुन् ।

Trending News