चक्रे मिलनको असुली धन्दा रोकिएन, भक्तपुरमा गौतम मार्फत यस्तो धन्दा

दियो पोस्ट  

काठमाडौं । पछिल्लो समय महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डागर्दी बिरुद्ध बिषेश अप्रेशन चलाएपछि राजधानी केही शान्त बनेको थियो ।

तत्कालिन समयमा अपराध महाशाखाको जिम्मा पाएका पूर्ब एआईजी पुस्कर कार्कीको समयमा दिनेश अधिकारी (चरी) र आईजी सर्बेन्द खनालले कुमार श्रेष्ठ (घैटे) को ईन्काउन्टर गरेपछि गुण्डा नाईके तथा सदस्यको भागा भाग भएको थियो ।

लामो समय सम्म उपत्यकामा गुण्डागर्दी गर्दै आएका कतिपय गुण्डा नाईके तथा तिनका सदस्यले देश नै छाडेका थिए । तर पछिल्लो समय फेरी राजनीतिक आडमा केही गुण्डा सलबलाउन थालेको प्रमाण फेला परेका छन् ।

काठमाडौंका कुख्यात गुण्डा नाईके चक्रे मिलन भन्ने मिलन गुरुङले अहिले भक्तपुरका गुण्डा रामेश्वर गौतमलाई प्रयोग गरेर ठेक्का पट्टामा असुली धन्दा चलाउँदै आएका छन् । उता केद्रिन्य कारागारमा कैद भुक्तान गरिरहेका सुजन पौडेल उफ रमेश बाहुनले भक्तपुरका अर्का गुण्डा दिपक थापालाई प्रयोग गरेर असुली धन्दा चलाउँदै आएका छन् । कारागारबाट ठेकदारलाई बाहुनले धम्क्याउनी र पैसा लिन भने थापा जाने गरेका छन् । थापाले नेकपाका युर्वा नेता महेश बस्नेतको समेत नाम भजाउँदै आएको निमार्ण ब्यावसायीको आरोप छ । स्रोतका अनुसार पछिल्लो समय थापाको हर्कतबाट आजित भएका नेता बस्नेतले थापालाई आफ्नो गुटबाट आउट गरेका छन् । जेलमा रहेका बाहुनको ईसारामा थापा चल्न थालेपछि बस्नेतले थापालाई आफ्नो गुटबाट बाईकट गरेको स्रोत बताउँछ ।

ललितपुरका युर्वा नेता मिनकृष्ण महर्जनलाई ज्यान मार्ने उद्देश्यले गोली प्रहार गरेको अभियोग र हातहतियार खरखजना मुद्दामा फरार रहेका गुण्डा नाईके बाहुनलाई तत्कालिन समयमा पक्राउ गर्दा प्रहरीले उनको साथबाट केही लागूऔषध समेत बरामत गरेको थियो । अहिले ज्यान मार्ने उद्योग, हातहतियार र लागूऔषध मुद्दामा सजाँई काटिरहेका गुण्डा नाईके बाहुनले भक्तपुरका थापालाई प्रयोग गर्दै आएका हुन । तत्कालिन समयमा बाहुनले मर्हजन माथी गोली प्रहार गरेपछि थापालाई प्रहरीले अनुसन्धानको दायरमा ल्याएको थियो । अहिले थापाले नेकपाको नाम भजाउँदै बाहुनको आडमा असुली धन्दा चलाएको थाहा पाएपछि अपराध माहाशाखाले गोप्य निगरानी बढाएको स्रोत बताउँ छ । उता भक्तपुरलाई आधार क्षेत्र बनाएर गुन्डागर्दीमा संलग्न रहेको रामेश्वर गौतम माथी पनि अपराध महाशाखाले निगरानी बढाएको छ । अपराध महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनीको टिमले गौतमलाई पेप्सीकोलाबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । गुन्डा नाइके चक्रे मिलन उपनामले चिनिएका मिलन गुरुङको समूहमा गौतम आवद्ध भई असुली धन्दा सुरु गर्दै आएका छन् ।


प्रहरी रेर्कडमा उनी नेपाल प्रहरी छाडेर हतियारसहित भागेका भगौडा समेत हुन्। अपहरण तथा शरीर बन्धक, ज्यान मार्ने उद्योग र केही सार्वजनिक अपराध ऐनमा काठमाडौं, भक्तपुर र धादिङ प्रहरीले उनीमाथि पटक पटक कारबाही चलाएको थियो । २०६५ भदौ १० मा अपहरण तथा शरीर बन्धक मुद्दामा ६ वर्ष कारागार बसेर २०७१ भदौमा गौतम रिहा भएका थिए।


ठेक्कापट्टा र गिट्टी बालुवाको व्यापारमा संलग्न रहेका गौतमविरुद्ध २०७२ वैशाख १२ मा महानगरीय प्रहरी परिसर भक्तपुरले ज्यान मार्ने उद्योगमा कारबाही चलाएको थियो। गौतमविरुद्ध २०७३ मा धादिङमा केही सार्वजनिक अपराध ऐनमा समेत कारबाही भएको थियो । अहिले पुनः गौतम र थापाले अलक अलक आपराधिक धन्दा संचालन गरी बिषेश गरी भक्तपुरलाई आधार क्षेत्र बनाई असुली धन्दा चलाउँदै आएका छन् ।

अपडेट
माथि प्रकाशित समाचारलाई लिएर रामेश्वर गौतमले खण्डन गरेका छन् । खण्डन प्रकाशित गरिदिन भन्दै उनले पठाएको खण्डन पत्रमा प्रकाशित समाचारले आफ्नो चरित्र हत्या भएको उनको आराप छ । गौतमले पठाएको खण्डनलाई पनि हामीले यहाँ स्थान दिएका छौँ ।

TATA ADD