डा. भूपेन्द्रलाई असफल बनाउन वीर अस्पतालमा जागेश्वर गौतमका खुफिया परिचालन !

diyopost.com
दियो पोस्ट  बिहिबार, आश्विन २१, २०७८ | २३:३७:३१

काठमाडौं । मेडिकल माफियाका नाईके डा. जागेश्वर गौतमको बहिर्गमनसँगै वीर अस्पताल सुधार हुन थालेको छ ।

वीर अस्पतालमा यतिबेला दैनिक २ हजार विरामीले परिक्षण गराउँदै आएका छन् । २४ सै घन्टा पिसिआर परिक्षण हुँदै आएको छ ।

टिकट काट्न अब सर्वसाधरणका लागि सास्ती छैन । कोभिड अस्पताल २ सय भन्दा बढी विरामी उपचाररत छन् ।

एक सय बेड आइसियु सञ्चालनको तयारी तिब्र गतिमा छ । नयाँ भवनमा ५ सय बेड सञ्चालन गर्ने वीरको तयारी छ । सिटिस्क्यान, एमआरआई, प्याथोलोजी, इमरजेन्सी सेवा चुस्त बनेको छ । कर्मचारीले महिनौँदेखि नपाएको कोरोना भत्ता समेत पाएका छन् । समयमै तलब पाउन थालेका छन् । यसरी सुधार गर्नेमा अग्रपंक्तिमा छन्–प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेत ।

तर, उनै बस्नेतलाई असफल बनाउन डा. जागेश्वर गौतमका खुफियाहरु परिचालन भएको पाइएको छ ।

गौतमको आडमा वीरमा मेडिकल सामग्री खरिदमा करोडौँ कमिशन हात पार्ने गिरोह फेरी लागि परेको पाइएको छ । मेडिकल स्टोरका टिकाराम पनेरु र जनरल स्टोरका कर्मचारी केही कर्मचारीसहित लेखा शाखा प्रमुख लोक बोहराको मिलेमतोमा अनियमितता हुन थालेको छ । उनीहरुले बस्नेतलाई असफल बनाउन खेल खेलेको आरोप छ ।

उनीहरुले सार्वजनिक खरिद ऐनको धज्जी उडाएर सामग्री खरिद गर्न थालेको स्रोतले जनाएको छ । उनीहरुले ‘भूपेन्द्र’ भनेकै हामी हौँ भन्दै आएको स्रोतले बताएको छ ।

लेखा प्रमुख बोहरा र पनेरुको मिलेमतोमा दररेट समेत होटलमै माग्ने गरेको आरोप छ । विगतमा लेखा प्रमुख बोहरा र जागेश्वर गौतमको मिलेमतोमा डा. गौतमकै व्यावसायीक पार्टनर सुन्दर भुसाललाई २४ करोडको ठेक्का सेटिङमा दिइएको थियो ।

सम्बन्धित खबर