समय् फल्चाको समाचार हटाउन दियोपोस्टमाथि सुरेन्द्र भण्डारीको दबाव (पत्रसहित)

diyopost.com
दियो पोस्ट  सोमबार, आश्विन २५, २०७८ | १६:२१:२४

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले २ सय वर्ष पुरानो समय फल्चाको भग्नावशेष हडपेर भौतिक संरचना निर्माण गरेको विषय विभिन्न सञ्चार माध्यमले खबर प्रकाशन गरे ।
ललितपुर महानगरपालिकाले सर्वोच्च अदालतको विभिन्न मितिको फैसला तथा आदेशका आधारमा फल्चा निर्माण गर्ने तयारी गर्दा सहकारीका प्रमुख कार्यकारी निर्देशक÷सिइओ सुरेन्द्र भण्डारीले मुद्दा मामिला गरेर रोक्ने प्रयास गरेको जगजाहेर नै छ ।

फल्चा निर्माणका क्रममा भण्डारीले गरेको अवरोधको श्रङ्खलाबद्ध समाचार प्रकाश गरेपछि समाचार हटाउन दबाव आएको छ ।

भण्डारीले दियोपोस्टको इमेलमा समाचार हटाउन भन्दै लिखित पत्राचार गरेका छन् । गत असोज १९ गते दियोपोस्टको इमलमा उनले प्रेसित गरेको पत्रमा दियोपोस्ट डटकममा प्रकाशित १७ वटा शिर्षकका समाचार हटाइदिन अनुरोध गरिएको छ ।

फल्चा निर्माणमा सर्वोच्चको आदेश तथा फैसलालाई समेत लुकाएर जिल्ला अदालत लतिलपुर र उच्च अदालत पाटनमा निवेदन दिएर अदालतलाई नै बेवकुफ बनाएका उनले यस सञ्चार माध्यमलाई समेत बेवकुफ बनाउने दुष्प्रयास गरेका छन् ।

प्रकाशित समाचारमा नै तथ्य प्रमाणसमेत हुँदा हुँदै भण्डारीले समाचारमा उल्लेखित विषय झूटो र कपोलकल्पित भएको आरोप लगाएका छन् ।

प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहितामा प्रकाशित समाचार डिलिट गर्न नहुने र डिलिट गरे दण्डनिय हुने विषय उल्लेख छ । भण्डारीले काउन्सिलले जारी गरेकै आचार संहिताको धज्जी उडाएका छन् ।

यस्तो छ उनको खण्डन

 

सम्बन्धित खबर