बीबीसी । पाकिस्तानको अन्तर्राष्ट्रिय एयरलाइन्स पिआइएले अफ्गानिस्तानको राजधानी काबुल जाने आउने सबै उडान रद्द गरेको छ ।
एयरलाइन्सले तालिबानका अधिकारीमाथि अपमानजजनक व्यावहार गरेको आरोप लगाएको छ । कम्पनिले एक वक्तव्य निकाल्दै प्रवक्ताले यस्तो आरोप लगाएका हुन् ।
टिकटको मुल्य १० गुणा बृद्धि
बुधबार तालिबानले पाकिस्तान इन्टरनेश्नल एयरलाइन्स र अफगानस्थानको एयरलाइन्स केम एयरको टिकट मुल्य कम गर्न अपिल गरेको थियो । उनीहरुले भनेका थिए की अगष्टमा अफ्गानमाथि तालिबानले कब्जा गर्नुअघिकै मुल्य बहाल गर्नु पर्छ । यदि तालिवानको सर्त नमान्ने हो भने उडान बन्द गर्न उसको चेतावनी थियो । विगत १० महिनादेखि इस्लामावाद — काबुल रुटको टिकटको मुल्य पहिलेभन्दा १० गुणा बढी छ । अगष्ट मध्यतिर अफगानस्थानमाथि तालिवानले कब्जा गरेपछि पाकिस्तानले अफगानस्थानमा विशेष उडान शुरु गरेको थियो ।
अफगानस्थानबाट पलायन भइरहेका मानिसहरुका लागि पाकिस्तान इन्टरनेश्नल एयरलाइन्सको उडान लाइफलाइन बनेको थियो ।
टिकट मुल्य पहिलेकै दरमा हुनुपर्छ
समाचार एजेन्सी एएफपीका अनुसार एयसलाइन्सले काबुलदेखि इस्लामावादको करिब ४० मिनेटको उडान दूरीमा १२ सय डलर सम्म भाडा असुल्दै आएका छन् । जबकी यसअघि यो रुटमा जम्मा १ सय ५० डलरमा यात्रा गर्न पाइने थियो । समाचार एजेन्सीकै अनुसार यही टिकटको मुल्य २५ सय डलरसम्म पुगेको थियो ।
यो विशेष उडानको व्यवस्था एनजिओ र च्यारिटीसँग जोडिएका व्यक्तिहरुले गरेका थिए । अधिकांशले अफगान नागरिकलाई देशबाट निकाल्ने भूमिका निभाएका थिए । तर यो उडान अनियमित थियो । आम मानिसका लागि टिकट खरिद गर्नु सजिलो थिएन । यता एयरलाइन्सले भने उडान सुविधा मानवीय मद्दतको हिसाबले गरेको दाबी गरेको छ ।
आर्थिक हिसाबले कम्पनिलाई कुनै फाइदा नभएको कम्पनिको दाबी छ । अफ्गानस्थानकै कम्पनि केम एयरलाइन्सले एक टिकटका लागि १६ सय डलर लिइरहेको छ । पिआइएका प्रवक्ता अब्दुल्लाह हाफिज खानले समाचार एजेन्सी एएफपीसँग भनेका छन्,‘काबुल विमानस्थलका अधिकारीको अनप्रोफेश्नल रबैयाका कारण हाम्रो उडानमा ढिला भइरहेको थियो । जबसम्म स्थिति राम्रो हुँदैन तब सम्म हाम्रो उडान स्थगित रहनेछ ।’
यद्धपी रोयटर्सको एक रिपोर्टका अनुसार अफगानस्थानको परिवहन मन्त्रालयले एक बक्तव्यमा भनेको छ,‘टिकटको मुल्य यसअघिकै अवस्थामा हुनुपर्छ । यदि त्यस्तो हुँदैन भने उडान रोकिनेछ ।’ उसले यात्रुहरुलाई मन्त्रालयमा रिपोर्ट गर्न समेत आग्रह गरेको छ ।
अफगानस्थानबाट अमेरिकी नेटो सेना गएपछि काबुल विमानस्थल तालिबानको कब्जामा छ । पाकिस्तानले १९९६ देखि २००१ सम्म अफगानस्थानमा तालिबानको सत्तामाथि समर्थन गर्दै आएको छ । यद्धपी पाकिस्थान सरकारमाथि इस्लामी चरमपन्थीमाथि सहयोग गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ ।