इच्छाराज तामाङसहित १२ जना विरुद्ध संगठित अपराधको मुद्दा, १८ दिन म्याद थप !

diyopost.com
दियो पोस्ट  बिहिबार, कार्तिक ०४, २०७८ | २२:२०:३१

काठमाडौं । सिभिल समुहका अध्यक्ष इच्छाराजसहित १२ जना विरुद्ध संगठित अपराध मुद्दामा अनुसन्धान शुरु भएको छ । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले १८ दिन म्याद दिएको छ ।

प्रहरी अनुसन्धान केन्द्रीय व्युरो सिआइबीका प्रवक्ता श्याम कुमार महतोका अनुसार आजै जिल्ला अदालत काठमाडौंले उनीहरु विरुद्ध अनुसन्धानका लागि १८ दिन म्याद थप गरेको हो ।

सिभिल सहकारीको ८ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको अभियोगमा उनलाई गत असोज १८ गते सिआइबीले पक्राउ गरेको थियो । उनीसहित सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जना विरुद्ध अब संगठित अपराधमा अनुसन्धान हुने भएको छ ।

 

संगठित अपराध अन्तर्गत ६० दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ । सिआइबीले पाएको म्यादमा यो दशैं विदा समेत गणना हुने सिआइबीका प्रवक्ता महतोले जानकारी दिए ।

 

उनका अनुसार हालसम्म तामाङसहित १२ जनाविरूद्ध ११२६ जनाले जाहेरी दिएका छन् । हालसम्म उनीहरूविरूद्ध चार अर्ब ६१ करोड २६ लाख ३४ हजार ८८७ रूपैयाँ बिगो दाबी पुगेको छ । यो क्रम अझै थपिने छ । आजै मात्रै ४३ जनाले सिआइबीमा जाहेरी दिएका छन् ।

 

सम्बन्धित खबर