भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी (जन्म २५ डिसेम्बर, १९२४- मृत्यु १६ अगस्त २०१८ ) भारतीय जनसङ्घको स्थापना गर्नेमध्येका एक व्यक्ति हुन् । उनी १९६८ देखि १९७३ सम्म जनसङ्घको अध्यक्ष पनि रहे। जीवनभर भारतीय राजनीतिमा सक्रिय रहेका बाजपेयी हिन्दी कवि पनि हुन्। उनले लामो समयसम्म राष्ट्रधर्म, पाँचजन्य र वीर अर्जुन आदि राष्ट्रिय भावनाले ओत-प्रोत पत्र-पत्रिकाहरूको सम्पादन गरेका थिए। प्रस्तुत छ, उनको कविता ‘ऐसी कि तैसी’ को नेपाली अनुवाद:
घर चाहे जस्तोसुकै होस्
घरको एक कुनामा
खुलेर हास्न सक्ने ठाउँ राख्नु।
***
सूर्य कति नै दूर होस्
उसलाई घरसम्म आउने बाटो दिनु।
***
कहिलेकाही छतमाथि चढेर
तारा अवश्य गन्ने गर्नु,
सकिन्छ भने हात लम्काएर
चन्द्रमालाई छुने कोसिस गर्नु।
***
यदी मानिसहरूसँग मिलजुल गरिरहनु छ भने
घरमा एक ठूलो आँगन राख्नु।
***
वर्षाको पानीमा भिज्न दिनु
उछलकुद गर्छन्, गर्न दिनु,
सकिन्छ भने बच्चाहरूलाई
एक कागजको डुंगा चलाउन दिनु।
***
कहिले फुर्सद भए, र आकाश पनि सफा भए
एउटा चंगा आकाशतर्फ उडाउनु,
सकिन्छ भने ‘चंगा चैट’ पनि गर्नु।
***
घरको सामुन्ने एक रुख लगाउनु
रुखमा बसेका पंक्षीहरूको
कुराकानी अवश्य सुन्ने गर्नु।
***
घर चाहे जस्तोसुकै होस्
घरको एक कुनामा
खुलेर हास्न सक्ने ठाउँ राख्नु।
***
जतासुकैबाट हिँड्डुल गर्नुस्
मीठो हलचलको आन्नद उठाउनुस्।
***
उमेरको हरे एक क्षण मोहक छ
आफ्नो उमेरको मजा लिनुस्
***
खुसमिजाज रहनुस् जनाब,
अनुहारमा यो उदासी किन ?
समय उसै पनि बितीरहेकै छ
यो नाथे उमेरको के कुरा ?
(अनु : राजु झल्लु प्रसाद)