तान्जानियामा विमान दुर्घटनाः १९ जनाको मृत्यु, २६ घाइते

दियो पोस्ट  

काठमाडौं । तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए ।

उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । आँधी र ठूलो वर्षामा उक्त विमान परेको थियो ।

भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो ।

सम्बन्धित खबर