
काठमाडौं । नेपालको चलचित्र जाँच समितिले अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’लाई प्रदर्शन अनुमति दिएको छ ।
चलचित्र विकास बोर्डले गत साता नै रिलिज हुने भनिए पनि सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थियो ।
बोर्डले सोमबार बेलुका फिल्मको जाँच गरेपछि फिल्म शुक्रबार नेपालमा रिलिज हुने भएको छ ।