म हात जोडेर भन्छु, टिकट काटेर फिल्म हेरिदिनुहोस्

दियो पोस्ट  

काठमाडौं । अमिताभ बच्चन अभिनीत फिल्म “उचाई” कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ।

हालै अमिताभले आफ्नो शो कोन बनेगा करोडपतिमा उचाई का अन्य कलाकार नीना गुप्ता, बोमन इरानी र अनुपम खेरलाई बोलाएका थिए।
यसैबीच उनले दुई हात जोडेर दर्शकहरूलाई फिल्म हेर्न आग्रह गरेका छन्।

उनले भने,‘टिकट काटेर हलमा फिल्म हेर्नुको जुन मज्जा हुन्छ, त्यो बैग्लै हुन्छ। कृपया हामीलाई हेर्न हलमा जानुहोला। आजकल धेरै महामारी फैलिरहेको छ। त्यसैले हलमा गएर फिल्म हेर्न दर्शकहरू हिच्किचाइरहेका छन्। म हात जोडेर भन्छु, टिकट काटेर फिल्म हेरिदिनुहोस् ।’

यो फिल्मको अधिकांश छायांकन नेपालमा गरिएको छ । राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्।

फिल्ममा अभिताभ, बोमन, अनुपम, नीनासँगै परिणिती चोपडा, सारिका हसन र डेनी डेन्जोङ्पाको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारहरुको अभिनय पनि रहेको छ ।

सम्बन्धित खबर