जिल्ला अदालत र प्रहरी कार्यालय धादिङकै अगाडी ग्याङ फाइट, एक पक्राउ

दियो पोस्ट  

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला अदालत धादिङकै अगाडी ग्याङ फाइट परेको छ । बुधबार जिल्ला अदालतमा थुनचेक बहसका लागि ल्याइएका गुण्डा नाइके राधाकृष्ण भण्डारीको समुह र अर्को समुहबीच उक्त स्थानमा लफडा परेको हो ।
राधे समुहका गुण्डा भनेर चिनने काजि शाक्यले पुछारबजारस्थित गोविन्द घिमिरे लगायतमाथि हातपात गरेका थिए । हातपातबाट घिमिरेसहित अन्य व्यक्ति सामान्य घाइते भएका छन् । त्यस्तै प्रहरीले घटनामा समलग्न रहेको अभियोगमा शाक्यलाई नियन्त्रणमा लिएको छ ।
केहीदिन अघि बीचबजारमा भएको कुटपीट घटनामा समलग्न भएको आरोपमा राधेसहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् । सरकारी वकिल कार्यालयले उनलाई आज अदालत पेश गरेको भएपनि उनी धरौटीमा छुट्न सकेनन् । तर, उनी पक्षिय केही युवाहरु जिल्ला अदालतमा हुल बाँधेर पुगेका थिए ।

सम्बन्धित खबर

ट्रेन्डिङ