पक्षघातबाट थलिएका जीवन रानाको उपचारमा पौने ५ लाख रुपैयाँ सहयोग रकम संकलन

दियो पोस्ट  

काठमाडौं । उच्च रक्तचापका कारण ‘ब्रेन स्ट्रोक’बाट गम्भिर विरामी परेका धादिङ ज्वालामुखि गाउँपालिका २ घर भई काठमाडौंमा रोजगारी गर्दै आएका जीवन राना मगरको स्वास्थ्य उपचारका लागि सहयोग रकम हस्तान्तरण भएको छ । ज्वालामुखि २ मैदीबाट काठमाडौं आई विभिन्न पेशा व्यवसायमा समलग्न युवाहरुले रानाको उपचारका लागि ४ लाख ८२ हजार रुपैयाँ संकलन गरेर उनका बाबु रण बहादुर राना मगरलाई हस्तान्तरण गरेका हुन् ।

गत कार्तिक १० गते घरमै बसिरहेका जीवनलाई एक्कासी ‘ब्रेन स्ट्रोक’ भएपछि उनको शरिरको एकातर्फ पक्षघात भएको छ । पक्षघातबाट उनको ब्रेनमा गम्भिर असर गरेको छ । उनलाई तत्कालै उपचारका लागि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो । तर, उक्त अस्पतालले न्युरो सम्बन्धी समस्या भएको भन्दै काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा रिफर गरेको थियो ।

अन्नपूर्ण न्युरो अस्पतालमा उनको टाउकोको शल्यक्रिया गर्न लाखौँ रुपैयाँ लाग्ने भएपछि उनको परिवारले सहयोगको लागि अभियान थालेको थियो । अन्नपूर्ण न्युरो अस्पतालका बरिष्ठ चिकित्सकले उनको सफल शल्यक्रिया गरि फिजियोथेरापीका लागि क्षेत्रपाटीस्थित नरदेवी अस्पतालमा पठाएको छ । उनलाई अहिले अन्नपूर्ण न्युरो अस्पतालकै चिकित्सकको निगरानीमा रहनेगरि नरदेवी अस्पतालमा थेरापी गराइएको उनका पिता रण बहादुरले बताए ।
रानाको उपचारका लागि देश तथा परदेशमा रहेका सहयोगी व्यक्तिहरुले स्वतस्फूर्त सहयोग रकम सहयोग गरिरहेका छन् ।

जीवनको उपचारमा आर्थिक सहयोग जुटाउन ज्वालामूखि २ घर भएका विरेन्द्र राना संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ ।

 

सम्बन्धित खबर

ट्रेन्डिङ