युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य

दियोपोस्ट संवाददाता

काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई २ सय ६४ रनको लक्ष्य दिएको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले भने मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए। यस्तै एलिशन शाराफुले २९ रन बनाए। बसिल हामिदले १४ रन जोडे र कप्तान सिपि रिजवान २ रनमा आउट भए।

आयन हफ्जल खानले २६ रन जोड्दा आउट भए भने अहमेद राजाले अविजित २७ रन बनाए। यता नेपालका लागि गुलशन झाले २ विकेट लिए। सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।