पाकिस्तानः आत्मघाती आक्रमणमा परेर २ जनाको मृत्यु, २४ जना घाइते

दियो पोस्ट  

काठमाडौं । पाकिस्तानको क्वेटामा भएको आत्मघाती बम आक्रमणमा परेर कम्तिमा पनि २ जनाको मृत्यु भएको छ । अरु २४ जना घाइते भएका हुन् ।

क्वेटाको बालेली भन्ने ठाउँमा पोलियो थोपा खुवाउने टिमको सुरक्षामा खटिएको प्रहरीलाई लक्षित गरेर आक्रमण भएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा एक जना प्रहरी छन् । विस्फोटमा ३ वटा गाडीमा क्षति पुगेको छ । आतंकवादी समूह तहरिक ए तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनामा निन्दा गरेका छन् ।