एनसेलमा शेयर हिस्सा रहेको मलेसियाको आजियाटा कम्पनी नेपालबाट बाहिरिने निर्णय

दियो पोस्ट  

काठमाडौं । मलेसियाको आजियाटा कम्पनीमा रहेको एनसेलको ८० प्रतिशत शेयर हिस्सा नेपालबाट बाहिरिने भएको छ ।

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदका अनुसार सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको हो ।

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

कम्पनी स्रोतका अनुसार आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।

आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ ।

एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि आजियाटाले नेपाल छाड्न लागेको बताइएको छ ।