पुरुषहरूले आफ्नो स्वास्थ्य र तन्दरुस्ट हुनको लागि केही स्वास्थ्य परीक्षणहरू गर्न आवश्यक छ । यहाँ सात प्रमुख स्वास्थ्य परीक्षणहरू छन् जुन पुरुषहरूले गर्नुपर्छ ।
पुरुष दिवसमा पुरुषको स्वास्थ्यका कुरा गराैं ।
कोलेस्ट्रोल परीक्षण
कोलेस्ट्रोल हुदा कुनै किसिमका लक्षणहरु देखा पर्दैन् । त्यसैले पनि धेरै मानिसहरु कोलेस्ट्रोलको परिक्षण गर्दैनन् । लामो समयदेखि कोलेस्ट्रोल बढ्दै जाँदा अचानक हृदयघात हुने जोखिम हुन्छ । त्यसैले पुरुषले बेला बेलामा कोलेस्टेरोलको परीक्षण गराउनु जरुरी हुन्छ । मोटोपना भएका, चुरोट सेवन गर्ने वा परिवारमा कसैलाई मुटुरोग भइसकेको र हृदयघात भएको इतिहास छ भने यस्ता पुरुषहरुमा लै कोलेस्टेरोलको जोखिम झन बढी हुनसक्छ । त्यसैले पुरुषहरुले २० बर्षको उमेरपछि नै कोलेस्टेरोलको जाँच गराउनुपर्छ ।
प्रोस्टेट क्यान्सर परीक्षण
अत्याधिक पुरुषहरुमा वृद्ध अवस्थामा देखा पर्ने समस्या नै प्रोस्टेट क्यान्सर हो । पुरुषहरुमा ४० वर्ष कटेपछि नै प्रोस्टेट ग्रन्थीको आकार बढ्न थाल्छ । आकार बढेसँगै कतिपय पुरुषमा प्रोस्टेट क्यान्सरको सम्भावना पनि रहन्छ । प्रोस्टेट क्यान्सरका लक्षण छिटो देखिँदैन । प्रोस्टेटको समस्या वा क्यान्सर भैसकेको छ, छैन परीक्षण गर्न ४० वर्ष कटेपछि प्रोस्टेटको परीक्षण गर्नु आवश्यक छ । यसरी समयमै परीक्षण गरेमा क्यान्सरको जोखिम र भइसकेको खण्डमा छिटो उपचार प्रक्रिया सुरु गर्न मद्दत पुग्छ ।
मधुमेह
उमेर बढ्दै गएपछि पुरुषले मधुमेहको जाँच पनि गर्नु जरुरी हुन्छ । खासगरी मोटोपन भएका वा निस्क्रिय जीवन विताइरहेकाहरुमा मधुमेहको जोखिम उच्च हुन्छ । यस्तै चुरोट र रक्सी सेवन गर्नेहरुमा यो जोखिम अरु बढ्छ । मधुमेहले मुटुरोग, मस्तिष्कघाट, यौन दुर्बलता, दृष्टि कमजोर हुने समस्या ल्याउँछ । त्यसैले पुरुषले ३० बर्षको उमेरपछि मधुमेहको परीक्षण गराउनुपर्छ ।
फोक्सो क्यान्सर परीक्षण
तुलनात्मक रुपमा पुरुषहरु बढी चुरोट खाने गर्छन् । त्यसैगरी कतिले किशोरावस्थादेखि चुरोट खान सुरु गर्छन् । यसरी पुरुषहरु जहिलेपनि फोक्सोको क्यान्सरको जोखिममा हुन्छन् । नियमित रुपमा चुरोट खानेहरुले त फोक्सोको परीक्षण गराउनैपर्छ ।
कोलोनोस्कोपी
बढ्दो उमेरसँगै पुरुषको आन्द्रामा समस्या वा क्यान्सर हुने जोखिम बढ्छ । आन्द्रामा देखिने स–साना गाँठो नै पछि क्यान्सरको रुप लिन सक्छ ।त्यसैले, यस्ता गाठाँगुठी छ भने तुरुन्त परीक्षण गर्नुपर्छ । ५० वर्षको उमेर पछि कोलोनोस्कोपी परीक्षण गरेमा आन्द्रामा हुने समस्या वा क्यान्सर लाग्ने जोखिमबाट बच्न सकिन्छ ।।
हर्मोनल परीक्षण
हर्मोन हरूले शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपुर्ण भुमिका रहेको हुन्छ । । हर्मोनल असन्ंतुलनका कारण विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छन्, त्यसैले हर्मोनल परीक्षण गर्न आवश्यक पर्छ ।