यस्तो छ, जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ अन्तर्गत ३१ सदस्यीय केन्द्रीय संयोजन समिति

दियोपोस्ट संवाददाता  

काठमाडौं । माओवादी केन्द्रबाट अलग भई प्रगतिशील राष्ट्रिय अभियान सुरु गरेका जनार्दन शर्माले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ३१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेता सुदन किराँतीले उक्त समितिको घोषणा गरेका गर्दै अभियानले भ्रष्टाचार, विभेद र असमानतामाथि विजय हासिल गर्ने लक्ष्य रहेको बताए ।

पत्रकार सम्मेलन मार्फत सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्ने, नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने र देशका सबै अग्रगामी आन्दोलनका सहिद, घाइते तथा बेपत्ता योद्धाहरूको सपना साकार पार्न प्रतिवद्ध रहने समेत जानकारी गराइएको छ ।

अभियानले आगामी निर्वाचनलाई सफलता हासिल गर्दै देश विदेशमा रहेका नेपालीहरूबीच सबै तहमा प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गर्ने निर्णय गरेको बताएको छ ।

साथै, जेनजी विद्रोहबाट स्थापित मुद्दाहरूलाई शीघ्र कार्यान्वयन गराउने, राजनीतिक पुनर्संरचनालाई पूर्णता दिने लगायत एजेण्डाहरु अघि सारिएको छ ।

प्रगतिशिल राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिको नामावली ः

१. सुदन किराँती
२. मदन भटट्राई
३. मदन लिम्बु
४. संझना राई
५ पुजन सिंह
६. अरविन्द यादव
७. गेहेन्द्र ढकाल
८. नारायणी शर्मा
९. भिम ब. मल्ल
१०. गोरख ब. के.सी.
११. जटिल कार्की
१२. देविराम देवकोटा
१३. जन्मदेव जैशी
१४ लक्ष्मि गुरुङ
१५. प्रकाशचन्द्र पाण्डे
१६. टेकेन्द्र भट्ट
१७. राजु आलेमगर
१८. दिपक साउद
१९. सन्तोष विष्ट
२० प्रेम ब. तामाङ
२१. यज्ञबल्लभ शर्मा
२२. क्षितिज सापकोटा
२३. बाबुराम नेपाली
२४. किस्मत कुमार वि.क.
२५. पुष्प न्यौपाने
२६. डा. अच्युत भट्ट
२७. विमला सिंह
२८. निर्मला गौतम
२९. रामहरि पुडासैनी
३० धर्मराज खतिवडा
३१. सन्दिप पुन

सिफारिस