बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाबिरुद्ध मृत्यु दण्डको फैसला

दियोपोस्ट संवाददाता  

ढाका । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइब्युनलले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्यु दण्ड सुनाएको छ। सन् २०२४ को आन्दोलन दमनका क्रममा मानवता विरुद्ध अपराध गरेको ठहर गर्दै अदालतले मृत्यु दण्डको फैसला सुनाएको हो।

अभियोजन पक्षका अनुसार हसिनाले विद्यार्थी–नेतृत्वमा भएको विरोध प्रदर्शन नियन्त्रण गर्न सुरक्षाबललाई ड्रोन, हेलिकोप्टर र घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ।

उक्त दमनमा १४ सय भन्दा बढी मानिसहरूको मृत्यु भएको दावी गरिएको छ । जसमा विद्यार्थी, सुरक्षा अधिकारी र राजनीतिक कार्यकर्ता समेत छन्।

ट्राइब्युनलको तीन सदस्यीय बेन्चले हसिनाको नेतृत्वमा भएको दमनलाई व्यवस्थित र नियोजित आक्रमण ठहर गर्दै मानवता विरुद्ध अपराधको श्रेणीमा राखेर सर्वोच्च सजाय सुनाएको हो।

फैसाला सार्वजनिक भएपछि ढाकामा सुरक्षा कडाइ गरिएको छ। अदालत परिसर तथा संवेदनशील स्थानहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। अन्तरिम सरकारले यो कदमलाई ‘जवाफदेहिता’ सुनिश्चित गर्ने ऐतिहासिक निर्णय भएको बताएको छ भने हसिनाका समर्थकले भने यसलाई राजनीतिक रूपमा प्रेरित कदमका रूपमा व्याख्या गरेका छन्।

हसिना पछिल्ला केही महिनादेखि देशबाहिर छिन् ।

सिफारिस