साफ यु–१५ च्याम्पियनसिपः पाकिस्तानसंग हार व्यहोर्दै नेपाल सेमिफाइनलबाट बाहिरियो

साफ यु–१५ च्याम्पियनसिपः पाकिस्तानसंग हार व्यहोर्दै नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौँ, कात्तिक १५ । साफ यु–१५ च्याम्पियनसिप अन्तर्गत बिहीबारको खेलबाट नेपाल बाहिरिएको छ । घरेलु मैदानमा जारी चौथो संस्करणको खेलमा नेपाल पाकिस्तानसंग ४–० को फराकिलो अन्तरले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो ।

पहिलो हाफ बराबरि खेलेपनि दोस्रो हाफमा पने नेपाल निरिह रह्यो । कमजोर रक्षापंक्तिको फाइदा उठाउदै पाकिस्तानले दोस्रो हाफमा गोलको वर्षात गरेको थियो । जीतसंगै पाकिस्तानले फाइनलमा बंगलादेश संगको भेट पक्का गरेको छ ।

बिहिबार नै भएको अर्को सेमिफाइनल खेलमा भारतलाई ४–२ गोलअन्तरले पराजित गर्दै वंगलादेश विजयी भएको थियो । खेलअवधिभर दुवै टिमबाट समान १–१ गोल भएपछि निर्णय टाईब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरबाट ४–२ गोलअन्तरले वंगलादेश विजयी भएपछि फाइनल यात्रा तय भएको हो ।

Trending News