भारतमा बिजेपीका प्रदेश सचिव र उनका भाइको गोली हानी हत्या

Diyo post  

भारत, कार्तिक १६ । भारतमा बिजेपीका प्रदेश सचिव अनिल परिहार र उनका भाइ अजित परिहारको गोली हानी हत्या भएको छ । भारतको जम्मू कश्मिरमा बिहिबार राती अज्ञात बन्दुकधारीको गोली लागेर दुबैजनाको हत्या भएको हो ।

अनिल र उनका भाइ घर फर्किरहेका बेला गोली हानिएको थियो ।

घटनाको जम्मू कश्मिरका जनरल सेक्रेटरी अशोक कौलले पुष्टि गरेका छन् । अनिल बिजेपीका ठूला नेतामा गनिन्थे ।

घटना भएको किश्तवाड इलाकामा शान्ति स्थापित गर्नका लागि कर्फ्यू लगाइएको छ । पूरा किश्तवाड इलाकामा स्थिती तनावपूर्ण भएको बताइएको छ । बिबिसी

सम्बन्धित खबर

ट्रेन्डिङ