काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । गत कार्तिक १२ गतेदेखि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वस्थ भएपछि अस्पतालले उनलाई डिस्चार्ज दिएको हो । डिस्चार्ज भएपछि शुक्रबार बेलुका उनी निवास बालुवाटार पुगीसकेका छन् ।
रुघा खोकी रक ज्वरोले थलिएका उनलाई छातिमा समेत संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । चिकित्सकका अनुसार अब एक हप्तापछि उनी फलोअफका लागि शिक्षण अस्पताल जानु पर्ने छ ।