पोखरा । सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले विराटनगर टाईटन्सलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा पारस खड्काको चितवनले सन्दीप लामिछानेको विराटनगरलाई ४ विकेटले हराएको हो ।
पोखरा रंगशालामा विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४५ रन जोडेको थियो । उत्कृष्ट सुरुवात गरेको विराटनगरका लागि मोहमद जायद आलमले अर्धशतक बनाए ।
आलमले ५१ रन जोडे । आलमले पहिलो विकेटका लागि सुनिल धमलासंग ७८ रनको साझेदारी गरेका थिए । धमला ४७ रनमा आउट भए ।
त्यस्तै प्रदिप सिंह ऐरीले ११ रन जोडे । चितवनका कप्तान पारस र स्मित पटेलले २–२ विकेट लिए ।
जितसंगै चितवन एलिमिनेटरमा पुगेको छ ।