काठमाडौं, कार्तिक १८ । पाचौँ खेलसम्म पनि जित विहीन रहेको रियल म्याड्रिडले नयाँ प्रशिक्षक आएसँगै जितको खाता खोलेको छ । १० खेलसम्म अंक तालिकामा नवौं स्थानमा रहेर निक्कै दबाबमा पुगेको रियल म्याड्रिडले शनिबार राती भएको खेलमा अन्तिममा खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
८२ औं मिनेटसम्म भालाडोलिडसँग गोलरहित बराबरी खेलेको रियलले ८३ औं मिनेटमा ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरको गोलबाट राहत महशुस गर्यो ।
१ वर्षीय खेलाडीले गोल गरेपछि अन्तर्राष्ट्रिय मिडियाले रियलले नयाँ फरवार्ड पाएको भन्दै व्याख्या गरेका छन् । नयाँ प्रशिक्षकले विश्वास गरेकै खेलमा जुनियरले गोल गरेर टिमको उद्घाटन गरेका हुन् ।
८८ औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दा भालाडोलिड २–० ले पराजित मात्र भएन । रियलको हारपछि हारको क्रम पनि अन्त्य हुन पुग्यो ।
इएल क्लासिकोमा बार्सिलोनासँग ५–१ ले स्तब्ध भएको रियल नयाँ प्रशिक्षक सान्टिएगो सोलारी आएपछिको पहिलो खेलमा विजयी हुन सफल भएको हो ।
बार्सिलोनासँग फराकिलो अन्तरले पराजय बेहोरेपछि प्रशिक्षक लोपेटिगुई वर्खास्तीमा परेका थिए । गत विश्वकप सुरु हुने अन्तिम दिन स्पेनको प्रशिक्षक हुँदै गर्दा रियलमा प्रशिक्षण बन्ने उनको घोषणापछि स्पेनको प्रशिक्षकबाट उनी वर्खास्तीमा परेका थिए ।
१० खेलसम्म १४ अंक जोड्दै अंक तालिकामा नवौं स्थानमा रहेको रियल ११ औं खेलमा स्प्ष्ट जित निकाल्दा १७ अंकसहित छैटौं स्थानमा आएको छ । रियल नियमित फरवार्ड र मिडमिल्डरबाट गोल हुन नसक्दा पछिल्लो खेलमा तनाव झेल्दै आएको छ ।