डोल्पामा जीप दुर्घटना, १० जनाको मृत्यु

diyopost.com
Diyo post   सोमबार, कार्तिक १९, २०७५ | १६:००:०२

डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालीका ३ कालागौँडामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार भे १ च १६१० बोलेरो जीप सडकबाट ५० मिटर तल पल्टिएको थियो । दुर्घटनाबाट चालक दिनेश बोहोरा सहित एक जना गम्भिर घाइते भएका छन् । थापाका अनुसार घाईतेको उपचारको लागि उद्दार कार्य भइरहेको छ ।

सम्बन्धित खबर