देउसिरे होईन,वाइफाई !

दियो पोस्ट  

काठमाडौँ, कात्तिक २० । राजधानी लगायत नेपालभरि नै बदलिँदो प्रविधिसंगै देउसी खेल्ने शैली पनि फेरिएको छ । पहिले मादल ठोकेर, लेघ्रो तानितानि भट्याउँदै देउसी खेल्ने प्रचलन रहेको थियो तर वर्तमान समयमा देउसीमा भट्याउन समेत छोडिसकेका छन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् । ढोकामा आइनपुग्दै सोध्छन्, ‘हजुर, वाइफाइको पासवर्ड के हो ’

सहरमा त मुखले भट्याउने चलन नै हराइसक्यो । रेकर्डेड देउसीभैलो सुनाइन्छ । ‘पंक’ फेसनमा सजिएका युवायुवती भड्किला अंग्रेजी गीत बजाएर नाच्छन् । आपसमा हाँसखेल, रमाइलो र ठट्टा गर्ने बानी छुट्दै गएको छ । इन्टरनेटमा उपलब्ध सामग्रीले आत्मीयता खोसेको छ ।

पुस्तान्तरणसँगै चाडबाड मनाउने शैली पनि बदलिएको छ । यसलाई स्वाभाविक रूपमा हेर्नुपर्ने संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । अचेल देउसीभैलोको महत्व खेल्नेले नै भेउ पाउँदैनन् । आशीर्वाद दिँदाको शब्दभाव, लय, शैली र बजाइने बाजागाजा लोपजस्तै भइसकेका छन् । ८४ वर्षीय ग्वंग भन्छन्, ‘परम्परा र शैली सांस्कृतिक परम्परावादबाट सांस्कृतिक गतिशीलतामा रूपान्तरण भएको छ ।’ आजको अन्नपुर्ण दैनिकमा खबर छ ।

TATA ADD

सिफारिस