काठमाडौं, २३ कार्तिक । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई सम्बन्धी समाचार लेखेको भन्दै एक पत्रकारमाथि अमेरिकामा आक्रमण भएको छ ।
उपचारको शिलशिलामा थाईलाल्याण्ड पुगेका राई एकाएक अमेरिका पुगेको भन्दै समाचार प्रकाशन भएको थियो । मुख्यमन्त्री राईको आफन्तको कुटपीटबाट अमेरिकामा रहेको नेपाली पत्रकार लोकमणी राई गम्भिर घाईते भएका छन् ।
पीडित पत्रकारले आफूलाई मुख्यमन्त्रीको समाचार सम्प्रेषण गर्दा आक्रमण गरिएको र आफू अस्पतालमा रहेको बताएका छन् ।
यसअघि हिमाल मिडियामा समेत काम गरिसकेका राईले अमेरिकाबाट नेपाली सञ्चार माध्यममा कार्यरत छन् । उनी अमेरिकाबाटै सञ्चालित बिआरटी नेपाल डटकम नामक अनलाईनका प्रधानसम्पादक समेत हुन् ।
के थियो समाचार ?
सामान्य घाँटीको उपचार गराउन थाइल्याण्ड पुगेका प्रदेश १ का मुख्उमन्त्री शेरधन राई एका एक अमेरिकामा पुगेपछि बिआरटी नेपाल डटकमा त्यस सम्बन्धी समाचार प्रकाशन भएको थियो । ‘समाचार लेखेको विषयलाई लिएर नेपालको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको कार्यकर्ता तथा उसको निकटतम सहयोगी पारुहाङ राई को सोल्टी उमेस राईले अमेरिकामा मार्ने उदेशयले एक घण्टा अघि हमला गर्यो । धन्न बॉचे । कुन अस्पताल ल्यायो था छैन । एक्लै छु । अपराधीलाई कानुनको दायरामा ल्याउन सहयोगको अपिल गर्दछु,’ पत्रकार लोकमणी राईले समाजिक सञ्जाल मार्फत लेखेका छन् ।