सगरमाथा हेर्न गएका मलेसियन नागरिक होटलमा खाजा खाने वित्तिकै मृत्यु

दियो पोस्ट  

सोलुखुम्बु, कात्तिक २५ । सोलुखुम्बुमा सगरमाथा हेर्न गएका एक मलेसियन नागरिकको मृत्यु भएको छ । सोलुखुम्बुको ढिङबोटेमा रहेको ‘गुड लक’ होटलमा खाजा खाने वित्तिकै एक्कासी बेहोस भएर मलेसियन नागरिक ‘वोङग बी’ को मृत्यु भएको हो ।

मलेसियन नागरिक वोङग बीको सगरमाथा आधार शिविर जाने क्रममा केहीबेर अघि उनको मृत्यु भएको हो । सोलुखुम्बुको ढिङगबोचेमा रहेको गुडलक होटलमा ब्रेकफास्ट खाएपछि ढलेका उनको उनको मृत्यु भएको हो ।
उनका नजिकका साथीका अनुसार ‘सगरमाथाको आधारशिविर पुग्ने मेरो सपना हो’ भन्दै घोडा चढेर उनी ढिङगबोचे पुगेका थिए ।
उनी एडभेन्चर ग्रेट हिमालय ट्रेकिङ कम्पनीबाट आधारशिविरतर्फ लागेका थिए । मृतकलाई पोष्टमार्टमका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै छ ।

सम्बन्धित खबर