क्रिकेट लिजेन्ड पारस र वसन्तको अर्को छलाङः विश्वविख्यात खेलाडीलाई यसरी पछि पारे

दियो पोस्ट  

काठमाडौं, कात्तिक २७ । नेपाली क्रिकेटका कप्तान एवं अलराउन्डर पारस खड्काले विश्वविख्यात खेलाडीलाई पछि पारेका छन् । आइसिसीले जारी गरेको खेलाडीहरुको वरियतामा नेपालका प्रख्यात क्रिकेटर पारसले इङल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिकाका चर्तित खेलाडीलाई पछाडि पारेका हुन् ।
पारस आइसिसीले जारी गरेको टी २० फरम्याट क्रिकेटको ब्याटिङ र अलराउन्डर विधामा परेका हुन् । पारस अलराउन्डरमा ४१ औं स्थानमा परेका छन् । त्यस्तै ब्याटिङतर्फ भने उनी ९३ औं स्थानमा पर्न सफल भए ।

अलराउन्डरतर्फ पारसले इङल्याण्डका बेन स्टोक्स, जोय रुटलाई पछि पारे । त्यस्तै, पाकिस्तानका हसन अली, इमाद वासिम मात्र होइन दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अलि, न्युजिल्याण्डका टिम साउदी, इङल्याण्डका लियाम प्लुङकेटसहितका खेलाडी पारसभन्दा पछाडि परेका छन् ।

ब्याटिङतर्फ ९३ स्थानमा पारस परे पनि उनले विश्वचर्चित अरु खेलाडीलाई पछाडि पार्न सफल भए । अष्ट्रेलियाका क्रिस लिन, भारतका रिसभ पन्त, अफगानिस्तानका गुल्वदिन नाइव, वेस्ट इण्डिजका केरोन पोलार्ड र एन्ड्रे रसेललाई पारसले आफूभन्दा पछाडि छोड्न सफल भए ।
अलराउन्डरको दुवै बिधामा सोमपाल कामीले पनि अलराउन्डरमा ६४ औं र बलिङतर्फ ९४ औं स्थानमा पर्न सफल भएका छन् ।

अलराउन्डरको पहिलो नम्बरमा भने अष्ट्रेलियाका ग्लेन म्याक्सवेल रहेका छन् । बलिङतर्फ पहिलो नम्बर अफगानिस्थानका रसिद खान पर्दा ब्याटिङ वरियताको पहिलो स्थानमा पाकिस्तानका बाबर अजाम पर्न सफल भएका हुन् ।

बलिङतर्फ बसन्त रेग्मी एक सय बलरमा ७५ औं स्थानमा परेका छन् । उनले श्रीलंका एन्जेलो म्याथुज, पाकिस्तानका उसमान खान, आयरल्याण्डका पाउल स्ट्रलिङ, इङल्याण्डका बेन स्टोक, भातरका आसिस नेहरासहितका प्रभावशाली खेलाडीलाई पछाडि पार्न सफल भएका छन् ।

खेलाडीहरु टी २० वरियतामा परे पनि नेपाली टोली भने अझै पनि यो वरियतामा अटाएको छैन । आइसिसीले जारी गरेको १७ टिममा पाकिस्तान पहिलो नम्बरमा छ भने भारत दोस्रो, अष्ट्रेलिया तेस्रो, इङल्याण्ड चौथो, न्युजिल्याण्ड पाँचौ स्थानमा छन् ।

युएई १३ औं, नेदरल्याण्डस् १४ औं र हङकङ १५ औं, ओमान १६ औं र आयरल्याण्ड सत्रौं स्थानमा छन् ।

TATA ADD