पर्सागढी , कात्तिक २९ । भरुवा बन्दुक पड्किँदा पर्सामा एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका–३ स्थित बर्डिनिहारका १३ वर्षीय आर्यन तामाङको भरुवा बन्दुकले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बुधबार बिहान घरनजिकै रहेको मामाघर गएका आर्यनको बन्दुक पड्किएर मृत्यु भएपछि माता सन्तोष घलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
सुरुमा कुकर पड्केर बालकको मृत्यु भएको बताइएको थियो । तर, बालकको निधारमाथि क्षतविक्षत भएको पाएपछि प्रहरीले थप अनुसन्धान गर्दा बन्दुकले लागेर मृत्यु भएको खुलेको हो । प्रहरीले घरनजिकैको जंगलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ ।बिहिबारको नयाँ पत्रिकामा खबर छ ।