ललितपुर महानगरमा दलालको बिगबिगी

दियो पोस्ट  

काठमाडौं, मंसिर १ । ललितपुर महानगरपालिकाको पुल्चोकस्थित कार्यलयमा कर्मचारीको युनिर्फम नलगाएका हातमा फाईल लिएका धेरै व्यक्ति भेटिन्छन् । दैनिक कार्यलयमा आउने गरेकाले कतिपयले उनीहरु कर्मचारी भएको ठान्छन् ।

तर, होइनन् । विभिन्न कन्सल्टेन्सीबाट नक्सा पासको काममा खटिएका बिचौलिया हुन् । महानगरमा २०७३ सालदेखि विद्युतीय प्रणालीबाट नक्सा पास गर्ने ईलेक्ट्रोनिक बिल्डिङ परमिट सिष्टम (इबीपीएस) लागू भएको थियो । यसले हालसम्म पूर्णता पाएको छैन ।

विद्युतीय प्रणालीबाट नक्सा पास गराउदा सम्बन्धित व्यक्तिले घरमै बसेर काम गर्न सक्छ । व्यक्ति स्वयं आएर लाईन बसिरहनुपर्ने झन्झटबाट मुक्त मिल्नेछ । तर, कार्यन्वयनमा भने आएको छैन ।शनिबारकाे कानि्तपुर दैनिकमा खबर छ ।

TATA ADD