गुटैगुटले ‘धुजाधुजा’ बन्यो नेविसंघ, गगन, विश्वप्रकाश, प्रदीप र गुरुहरुले के गर्लान् ?

दियो पोस्ट  

काठमाडौं, २ मंसिर । नैनसिंह महर नेतृत्वको नेविसंघले दुई वर्षमा महाधिवेशन गर्न नसक्ने भएपछि पार्टी नेतृत्वले थप गरेको तीन महिनाको समय पनि आजबाट सकिंदैछ । शनिबार नै नेविसंघको यो अन्यौताबारे के गर्ने भन्नेमा कांग्रेसले केन्द्रीय समितिबाट निर्णय लिन खोजेको थियो । तर, नेताहरुको आ आफ्नै अडानले केही हुन नसकेपछि बैठक आजलाई पुनः बोलाइएको छ ।

आजबाट नेविसंघको थप गरिएको तीन महिनाको म्यादन पनि सकिन लागेको छ । यस्तोमा आज नेविसंघको म्याद नथपे यो महर नेतृत्वको समिति स्वतः विघटन हुनेछ । यस्तोमा पार्टी नेतृत्वसामू अरु विकल्प पनि छन् । तर, यसमा पौडेल र सिटौला पक्षको पनि सहमति जनाउनुपर्ने हुन्छ ।

यी हुन् विकल्प

आज २ बजे अगाडि नै नेताहरुको अनौपचारिक छलफलले तीन महिनासम्म महर नेतृत्वको समितिलाई महाधिवेशन गर्नका लागि समय दिने वा विघटन भएपछि अर्को तदर्थ समिति बनाउने भन्नेमा छलफल गर्दैछ । यसमा थप तीन महिना दिएर महाधिवेशन गर्ने समय दिनेमा नेताहरु सहमति नजिक पुगे पनि एकमत भने भइसकेका छैनन् । नेता रामचन्द्र पौडेल यो समितिलाई भंग गरी तदर्थ बनाउनुपर्ने पक्षमा उभिएको कांग्रेस स्रोत बताउँछ । तर, पौडेलको यो अडानमा उनी पक्षीय नेताहरुकै असन्तुष्टि रहेको छ ।

यस्तो अवस्थामा पौडेल र सिटौला पक्षको भूमिका के हुन्छ । प्रस्ताव के हुन्छ भन्नेमा धेरै कुरा निर्भर गर्छ । पौडेल पक्षभित्रै असन्तुष्टि र फरक मत भए सभापति देउवाले आफू अनुकूलको तदर्थ समिति ल्याउने पक्षमा पनि छलफल चलाइरहेको कांग्रेस स्रोत बताउँछ ।

खासगरी सिटौला पक्षका नेताहरु गगन थापा र प्रदीप पौडेल अनि पौडेल पक्षका नेताहरु गुरु घिमिरे, प्रवक्ता विश्वप्रकाश शर्मासहितका युवा नेताहरु म्याद थपेर भए पनि महाधिवेशन गर्नैपर्ने पक्षमा छन् । पूर्व सभापति भइसकेका नेताहरु तदर्थ समिति बनाउँदा नेविसंघमा भद्रगोलमाथि भद्रगोल थप्न नहुने पक्षमा छन् ।

पूर्व सभापति गुरुराज घिमिरेले पनि दुईदेखि तीन महिनाको समय दिएर अहिलेकै नेतृत्वलाई महाधिवेशन गर्नका लागि समय दिनुपर्ने उत्तम विकल्प भएको बताए । ३२ वर्षको उमेरहद लगाएर अबको तीन महिनामा महाधिवेशन गर्ने गरी अघि बढ्नुपर्ने विकल्प सही भएको युवा नेताहरुको जोड छ ।

गुटैगुटको सिकार

नेपाली कांग्रेस गुटैगुटको सिकार हुँदा यसको सबैभन्दा ठूलो असर नेविसंघसहितका भ्रातृ संस्थामा परेको छ । नेता उत्पादन गर्ने नर्सरी संगठनमा गुटको छायाँ हुर्काउने काम पनि नेताहरुले नै गरेका हुन् । आफू अनुकूल काम गराउन नेविसंघलाई प्रयोग गरेपछि नेविसंघ पछिल्ला वर्षहरुमा प्रभावकारी संगठनका रुपमा काम गर्न सकिरहेको छैन ।

TATA ADD

सिफारिस