बेल्जियविरुद्ध स्वीटजरल्याण्डको तहल्का

बेल्जियविरुद्ध स्वीटजरल्याण्डको तहल्का

काठमाडौं, मंसिर ३ । युइएफए नेसन्स लिगमा स्वीटजरल्याण्डले बलियो बेल्जियविरुद्ध उत्कृष्ट कमब्याक गर्दै जित निकालेको छ । सनसनीपूर्ण रवाफिलो जित निकाल्दै स्वीटजरल्याण्ड लिगको सेमिफाइनमा प्रवेश गरेको छ ।

जितपछि बेल्जियसँग बराबरी ९\९ अंक भए पनि हेड टु हेडमा स्वीटजरल्याण्ड भाग्यमानी ठहरिन पुग्यो । बेल्जियमका लागि दोस्रो मिनेटमै इडेज हजार्डले गोल गरे ।

१७ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा स्वीटजरल्याण्ड २–० ले पछि पर्न पुग्यो । २६ औं मिनेटमा स्वीटजरल्याण्डले पेनाल्टीबाट गोल अन्तर कम गर्यो । चार मिनेटपछि ह्यारिसले गोल गरेपछि दुवै टिमको बराबरी भयो ।

तर, ४४ औं मिनेटमा ह्यारिसले नै गोल गर्दा स्वीटरजरल्याण्डले ३–२ को अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफको ६२ औं मिनेटमा स्वीटजरल्याण्डका लागि निको इलभेडीले गर्दा टिमले ४–२ को अग्रता बनायो । तर, टिम यत्तिमै रोकिएन ८४ औं मिनेटमा ह्यारिसले ह्याट्रिक गर्दा स्वीटजरल्याण्डले ५–२ को फराकिलो जित निकाल्दै उत्कृष्ट कमब्याकको नमूना देखाउँदै सेमिफाइनलमा प्रवेश पायो ।

Trending News