रामेछाप , कार्तिक ३ । कार्यालयमा प्रमुख प्रशासकीय अधिृतको जिम्मेवारी प्रशासन सम्हाल्ने र जनप्रतिनिधिहरुले गरेको निर्णय कार्यान्वय गर्ने हो । तर मन्थली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले राजनीतिक दलका नेताजस्तै अभिव्यक्ति दिएपछि नगरपालिकाभित्र विवाद सुरु भएको छ । प्रशासकीय अधिृकत खड्काको अभिव्यक्तिको विषयलाई लिएर तनाब बढेको हो ।
रामेछापको मन्थली नगरपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भएको सार्वजनिक सुनुवइमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष बीच चर्कचर्की भएको छ । सार्वजनिक सुनुवाईमा सेवाग्राहीले नगरपालिकाका सबै वडाका वडाअध्यक्ष खै ? भन्ने प्रश्न उब्जिएपछि एकाएक खड्का वडा अध्यक्षहरुमाथि कडा रुपमा प्रस्तुत भएका थिए ।
सेवाग्रहीको प्रश्नको जबाफमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले ४८ घण्टा अघि एसएमएस मार्फत १४ वटै वडाका वडाअध्यक्ष र कार्यपालिकाका सबै सदस्यहरुलाई जनताले राखेका जिज्ञासाको जबाफ समेत दिने गरी अनिवार्य उपस्थितिको लागि जानकारी गराएको भएपनि अनुपस्थित भएको जवाफ दिएका थिए ।
११ बजे भनेर बोलाइएको कार्यक्रममा कोही १२ बजे, कोही साँढे १२ बजे, कोही १ बजे त्यो पनि तीनचार जना आएको बताउँदै खडकाले वडा अध्यक्षहरुमाथि कटाक्ष गर्दै भने,‘साँढे तीन वर्षपछि चुनाब आउँछ सकेसम्म राजनीतिक दलले टिकट नै नदिनुहोला । जसले हेलचेक्र्याई गर्नु भाछा, टिकट पाइहले पनि आफ्नो एक भोट मात्रै आउला, अहिले सूचना पाइन भन्नुभएको छ, तीन बर्षपछि मात्रै थाहा पाउनुहुने छ ।’
प्रमुख प्रशासकीय अधिकृत खड्कोको वडाअध्यक्षहरु प्रति आएको कडा भनाई लगतै सार्वजनिक सुनुवाईमा सहभागी बसेकै लहरमा बसेका मन्थली नगरपालिका वडा नं. ५, का वडाअध्यक्ष राम बहादुर कार्की बसेको ठाउँबाट उठेर नियोजित तरिकाले आफूहरुलाई सूचना नगरिएको बताए । उनले आन्तरिक रुपमा बसेर सबै तयारी गरेर मात्रै सार्वजनिक सुनुवाई गर्नु पर्ने बताए । वडा अध्यक्ष कार्कीले खडकामाथि प्रश्न गर्दै भने,‘निर्वाचित पदाधिकारी हौँ हाम्रो पनि हैसियत हुन्छ, तापई हामीलाई कार्यलय सहयोगीको व्यवहार गर्ने ?’ खड्को भनाई प्रति आक्रोश पोख्दै वडा अध्यक्ष कार्कीले आफूहरुले कुनै गल्ती नगरेकाले आफूले बोलेका सबै शब्दहरु फिर्ता लिन प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह समेत गरेका थिए ।
त्यस्तै वडा नम्बर १ का वडा अध्यक्ष नारायणदश श्रेष्ठले प्रशासकीय अधिकृतको बनाई प्रति आपत्ती जनाउँदै आफूहरुलाई जनताले जिताएर पठाएकाले अधिकृतले आफूहरुलाई हेपेर भनेको बताए । पदिय दायित्व भुलेर अधिकृतले कसैलाई पनि नाम तोकेर बोलाउन नमिल्ने भन्दै सम्मान गरेर बोल्न आग्रह समेत गरेका थिए ।
भिडियाे