मागेजति ‘घुस दिन नसकेको भन्दै चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका न्युरो सर्जन प्राध्यापक डाक्टर ध्रुवराज अधिकारीले आफ्नो पदबाट राजिनमा दिए ।
उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सम्बोधन गरेर राजिनामा दिएका उनी राजिनामासँगै एकाएक चर्चामा आए । अवकाश हुन ३ महिना बाँकी रहेको बेला सरुवा गरिएका अधिकारीले आफूलाई वीर अस्पतालमै काज मिलाईदिन आग्रह गरेका थिए । मन्त्रालयले भने कास्की जिल्ला खटाउने निर्णय गरेपछि उनले मन्त्रालयको निर्णय अस्विकार गर्दै राजिनमा पत्र बुझाए । उनको राजिनामा पत्रमा आफूले ‘डेमान्ड अनुसार दिन नसकेको’ उल्लेख गरेका छन् । अधिकारीलाई कसले के मागेको थियो ? दियोपोस्टले डा. अधिकारीसँग छोटो कुराकानी गरेको छ ।
तपाईले मन्त्रीलाई सम्बोधन गरेर राजिनामा लेख्नुभयो , त्यो परिस्थिति कसरी आइपुग्यो ?
मैले २०३३ बाट हेल्थ असिस्टेन्टबाट मेरो क्यारियर सुरु गरेँ । एम्.बी.बी.एस्. , एच्.पी.एस्. गरेँ । पाकिस्तान, श्रीलंका, अमेरिका बंगलादेशबाट पढेर आएँ । सबै गरेर आजसम्म मेरो जीवनको ४२ वर्ष स्वास्थ्य क्षेत्रमा आबद्ध भएर काम गरेको छु । ३० वर्षसम्म त म एम्.बी.बी.एस्. मात्र पास हुने जुन मेडिकल असिस्टेनको पोष्ट हुन्छ त्यसैमा काम गरेँ । म अहिले नवौँ तहमा बढुवा भएको थिएँ । तर आठौँ तहमै कार्यरत छु । बंगलादेशमा एम्.बी.बी.एस्. गरेको डक्टर फस्र्ट क्लास डक्टर हो । नेपालमा त्यो थर्ड क्लास डक्टर हुन्छ । नेपालमा हामी वीर अस्पतालमा न्युरो सर्जन तीन जना थियौँ । गोपालरमण शर्मालाई राजिनमा दिन बाध्य गराइयो । उहाँ राजिनामा दिएर जानुभयो । मेरो अवस्था पनि अवगत नै छ । अहिले अर्को एकजना डाक्टर पनि राजिनामाको लागि तयारी अवस्थामा हुनुहुन्छ ।
यहाँ न्युरो सर्जरीको प्रोफेसर बिना कुनै पनि शिक्षण अस्पतालहरु चल्दैन । हामीकहाँ देशका र बाहिरका धेरै विद्यार्थीहरु हुनुहुन्छ । उहाँहरुको पढाई, थेसिस, परीक्षा सबै कुरा रोकिन्छ । नेपाल मेडिकल काउन्सिलले डक्टर प्रोफेसरको आधारमा यति विद्यार्थी राख्ने भन्ने एउटा सीमा छ । अरु जो कोहिलाई ल्याएर पनि हुनेवाला छैन । यहाँ भएका बाँकी डक्टरहरुलाई राख्नुको साटो उहाँहरुले जसरी भए पनि कमजोर बनाउने धारणा बनाउनु भयो । म बिगत ए वर्षदेखि यही कुरामा बारम्बार भन्दै आएको छु । मलाई न्याम्सले पनि तपाईलाई जसरी भएपनि राख्नुपर्छ भनेर उहाँले मन्त्रालयमा पत्र पनि पठाउनुभयो ।
पद्मा अर्याल हुँदा देखिको कुरा हो । उहाँले पनि कुनै सुनुवाई गर्नु भएन । उहाँपछि पनि अहिलेको उपप्रधानमन्त्री जी आउनुभयो तर उहाँबाट पनि आश्वासन प्राप्त भयो तर सुनुवाइ हुने काम भने भएन । जस्ताको तस्तै रह्यो । अनि अब मेरो तीन महिनामा फागुनको अन्तिममा अवकास हुने बेला भएपछि अहिले आएर वीर अस्पतालमा न अर्को व्यक्ति छ न त यहाँ विकल्प नै छ । यतिबेला मलाई सरुवा गर्ने कार्य भयो ।
न्युरो सर्जरी एकदमै जटिल विषय हो । म पोखरा गएर के हुन्छ ? यो एउटाले मात्र गरेर हुँदैन । एउटा टिम नै राम्रो चाहिन्छ । म एकजनालाई मात्र वीर अस्पताल तीन महिनाको लागि पठाएर मैले कुनै ठूलो परिवर्तन ल्याउन सक्दिनँ । वीर अस्पतालमा यति बिरामीको अलपत्र, विद्यार्थीको अलपत्र हुने भयो । यी भएका विद्यार्थीलाई कहाँ स्थापित गर्ने ? अर्को कुरा न्युरो सर्जरी यति स्थापित भएको कुरालाई पूर्णरुपमा तहसनहस पार्नु भनेको मेरो अन्तरआत्माले नदिने कुरा हो । यो ६० वर्षको मान्छेलाई त्यो अपच्य कुरा भयो । कति मात्रै चाकडी गर्ने ? त्यहाँ ११ वटा तह छन् । ११ जना कहिले भेट हुन्छ । कति चाकडी गर्ने ? न गर्न सकिन्छ । जति पटक अनुरोध गर्दा पनि त्यहाँ बिचौलियाहरुको हावी भएकोले मेरो कुराको सुनुवाइ नै भएन । मेरो चाकडी र लेनदेन गर्ने कला वा बानी नभएर मैले बाध्य भएर राजिनामा नै दिएँ ।
तपाईँले भनेको कुरा अलि विरोधावासपूर्ण जस्तो आयो । तपाईँले मागेको जस्तो नपाएर यस्तो गरिएको भन्ने भयो । अलि बुझ्ने गरी भनिदिनुस् न ।
नेसनल मेडिकल कलेजको त्यति ठूलो फाइल त सदर भयो भने डाक्टर साहेबको कुरा त के हो र यसो अलिकति फ्लेक्सिबल भएर काम गरौँ भन्ने कुरा बुझ्नु पर्ने हुन्छ । त्यतिबेला त्यो मान्छे को हो के हो भन्ने कुराको वास्तातिर नै लागिनँ । रिस उठ्यो । यति हुन्छ भन्ने भएको भए सोध्थेँ होला । त्यो कुरा सन्दा नै मलाई इरिटेड भयो । मैले त्यो मान्छेको अनुहार हेर्न चाहिनँ ।
हिजो विज्ञप्ति पनि आयो । हजुरलाई खटाइएको ठाउँमा नजाँदाको दोष यहाँ उपप्रधानमन्त्रीसँग ल्याएर पोख्नुभयो भन्ने आरोप छ नी ?
आरोप प्रत्यारोप त उहाँले वीर अस्पताल काजमा हुन्छ भन्नुभयो । मलाई काजमा भए नि ठिकै छ । पोष्टिङ नै कोहि छैन । न कोहि यहाँबाट फालेर मलाई ल्याउन पर्छ । मलाई ल्याएर हुने केहि पनि थिएन नराम्रो । यो परिवेशमा मलाई नराख्नु भनेको जघन्य अपराध हो ।
तपाईंका अनुसार एक जना राजिनामा दिएर गइसक्नु भयो । अर्को राजिनामाको तयारीमा हुनुहुन्छ । तपाईंले पनि राजिनामा दिएर गएपछि यो भद्रगोल कसले सम्हाल्ने त ?
यो प्रश्न सम्बन्धित निकायलाई सोधौँ । सम्बन्धित निकायले सबै कुरामा विचार गर्नु पर्छ नी । आर्थिक रुपमा त यहाँ भन्दा बाहिर धेरै कमाउन सकिन्छ नी । मलाई मेरो जन्मभूमि भन्दा यहाँ काम धेरै गर्नुछ ।
तपाईंले यति लामो अनुभव स्वास्थ्य क्षेत्रमा विताउनु भएको छ । अवकाश आउने केही महिना बाँकी रहँदा किन तपाईंको सरुवा भयो ?
यो प्रश्न मेरो पनि हो । यहाँ अर्थोपेडिकमा धेरै सर्जन काजमा बस्नु भएको छ । मलाई काजमै दिएपनि हुन्थ्यो । यहाँ पोस्टिङ नै खाली छ । पोस्टिङ मिलाईदिएपनि हुन्थ्यो ।
तपाईंले आठौँ तह भनिरहनु भएको छ सरकारले तपाईंलाई नवौँ तहको भनेर विज्ञप्ति निकालेको छ । कुरो मिलेन नी ?
उहाँहरुले नवौँ तहमा बढुवा गरेको हो । यहाँ म आठौँ तहमै कार्यरत छु । नवौँ तहमा हाजिर हुने व्यवस्था नै बनाइदिनु भएन नी । न्याम्सले तपाईं यहाँ चाहिन्छ भनेर पत्र लेखेको छ । उहाँहरुले यहाँबाट रमाना दिन चाहानुभएको छैन । किन भने यहाँ न्युरो सर्जरी कोल्याप्स हुन्छ । मन्त्रालयलाई त यो विषयमा सरोकार नहोला । मैले आफैले सबै पत्र बनाएर जाने पनि होइन । म जाने वित्तिकै यो तीन महिनामा उत्पातै हुने पनि होइन ।
स्वास्थ्य मन्त्रालयले तपाईलाई एक दिन मात्र पोखरामा गएर हाजिर गरेर आउन गरेको आग्रहलाई पनि अस्वीकार गर्नुभयो भन्छन नि हो ? –हैन यो कस्तो मानसिकता हो ? एक दिन मात्र हाजिर गरेर हुन्छ त ?
मान्छेले मुखले बोलेको कुरा कहिल्यै पुरा भएको छ ? म अहिले भनि भनिदिन्छु – डा. धुव्रराज अधिकारी पोखरा अस्पतालमा हाजिर हुना साथ वीर अस्पतालमा सरुवा गरिएको छ भनेर लेटर दिए म गएर आइदिन्छु । म त्यो क्षति ब्यहोर्न तयार छु । उहाँहरुको एउटा अतिरिक्त चाहना पूरा गराउने हो भने । म त मन्त्रालयको निम्त तहको कर्मचारी हो । हुन त म सचिवसरह नै हो । तर सरकारको कर्मचारी अन्तर्गत त म भारेभुरे नै भए नि ।
स्वास्थ्य सचिवको सरुवा र तपाईले पनि भनेजतिको घुस बुझाउन नसकेको भन्दै राजिनामा दिनुले के संकेत गर्छ ?
– यो यर्थात हो । म व्यक्तिगत रुपमा कसैलाई पनि लान्छना लगाउन चाहन्न । दिए आएपछि भन्छु । जुन जोगी आएपछि कानै चिरेको भन्छन नि । अथवा त्यो कुर्सी नै त्यस्तै हो कि । त्यहाँ पुगेपछि परिवर्तन आउने हो कि ? राजिनामा नै किन रोज्नु भयो त । के अब सुधार गर्ने ठाउँ छैन ? योग्यता र क्षमता अनुसारको कार्य विभाजन गरिदिने हो भने वीर अस्पतालमा काम गर्न सबै खुसी हुन्छन् । अपमान गर्न खोजेर मानिसले काम गर्दैन । हरेक मानिसको लागि सबै भन्दा ठूलो उसको आत्मसम्मान हो । मानिस बाँच्नको लागि त जहाँ गएर पनि बाँच्न सक्छ नि । वीर अस्पतालमा गरिबको सेवा गर्न पाउ । मैले के अपराध गरेको छु ?
मैले अर्थोउपार्जन गर्ने कुर्सी मागेको छु ? म कुनै पोष्टमा कहिले भए न चाहना छ । मलाई पनि अफर आएको थियो । तर मैले टाढैबाट नमस्कार गरे । त्यो प्रवृत्ति रुचाउने मानिस म परिन । त्यसैले गर्दा मलाई यति मन दुखेको छ कि यो डिपाडमेट नै खारेज गर्ने कदम देखियो । मैले त राजिनामा नै दिइसके मलाई त केही फरक पर्दैन । तर सिस्टम देखेर वीर अस्पताललाई धराशायी बनाउने गलत दममप्रति दुःख लागेको छ । वीर अस्पतालबाट बाहिर जाने वित्तिकै मलाई ठूलो अफर पनि आएको छ । म यहाँको भन्दा धेरै पैसा पनि कमाउन सक्छु । मजस्तै गरिब परिवशेबाट आएका , नाङगै खुट्टा आएका धेरै बिरामीहरु हेरेको छु । बाहिर मसँग उपचार गराउन आर्थिक रुपमा निकै गाह्रो छ । गरिबको सेवा गर्न म वीर अस्पताल बसेको हुँ । मेरो जागिरको अवधि तीन मात्र बाँकी छ ।
राजिनामा पत्रमा डिमान्ट पुर्याउन सकिन भन्ने रहस्य खुलाइदिनु न ?
– अहिले मैले राजिनामा दिएपनि स्वीकृत भएको छैन् । म सरकारको एउटा कर्मचारी हो । त्यो समय आउछ । जुन बेला मेरा राजिनामा स्वीकृती हुन्छ । कुकुरले मान्छेलाई टोकेपनि मानिसले कुकुरलाई टोक्नु हुँदैन । म त्यो सार्वजनिक नगर्न बुद्धिमानी ठान्छु । मैले त्यसै बोलेको छैन । नभई बोलेकै छैन् । मसँग त्यो प्रमाण सुरक्षित छ ।
स्वास्थ्य मन्त्रीबाटै आएको हो कि ?
–कुनै पनि तह खुलाउन चाहन्न । पदाधिकारीलाई लान्छना लगाउने मनासाय छैन् । दिन आएपछि भन्छु ।
तपाईले राजिनामा चाही किन स्वास्थ्य मन्त्रीलाई नै बुझाउनुभयो ?
–म मन्त्रालय अन्तर्गतको कर्मचारी हो । मन्त्रालयको हिसाबमा म आठौ तहको कर्मचारी हो । नबौ तहको भर्खर भएको हो । हाम्रो डिलिङ सबै मन्त्रालयबाटै हुन्छ । काम मात्र वीर अस्पतालमा गर्ने हो ।
तपाईले राजिनामा त दिनुभयो । तर राज्यबाट पाउने सेवा सुविधा त्याग गर्ने आँट गर्न सक्नु भएन भन्ने आरोप छ नि ?
– खाइपाई आएको सुविधा किन त्यागनु भएन ? किन मैले सुविधा त्यागे त्यागिन । राजिनामा स्वीकृत भयो भएन भन्ने विषय नै फरक भएन र ? राजिनामा दिएर गएपनि मेरो पेट त छ । मेरो बुबा ९४ बर्षको हुनुहुन्छ । मेरा पनि छोराछोरी छन् । राजिनामा दिएर गएका कति प्रतिशत मानिसहरुले सेवा सुविधा त्यागेका छन । मैले मेरो श्रमको पैसा सरकारले दिने हो । तपाईको राजिनामा मन्त्री र सचिव कसले स्वीकृत गर्ने हो ? –मन्त्री र सचिव मध्ये एक जनाले गर्ने हो ।