डोटीमा स्कुल बस दुर्घटना :अहिलेसम्म १६ जनाको मृत्यु

डोटीमा स्कुल बस दुर्घटना :अहिलेसम्म १६ जनाको मृत्यु

डोटी, मंसिर ६ । डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले बताए ।

६५ जना चढेको गाडी भिरबाट खस्दा ज्यान गुमाउनेहरुमध्ये अहिलेसम्म १६ जनाको शव निकालिएको र ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा पिसजोन बोर्डिङ स्कुलको बस भिरबाट खसेको हो ।

अहिले जिल्ला प्रहरी कार्यलय डडेलधुरा र डोटीको टोली घटनास्थलमा पुगेको छ । डोटीको ३६ नं। गणको सशस्त्र प्रहरीको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको छ ।

Trending News