अफगानिस्तानी सुरक्षा कारवाहीमा २६ लडाकू मारिए

diyopost.com
Diyo post   बुधबार, मंसिर १२, २०७५ | १९:११:५१

 

अफगानिस्तान, १२ मङ्सिर । अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी २६ भन्दा बढी लडाकू मारिएका छन् ।

तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परी अरू २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

सेनाले बुधबार जारी गरेको वक्तव्यका अनुसार सेनाले तालिबान लडाकूहरु त्यहाँ रहेको थाहा पाएरै आक्रमण गरेको थियो ।

सेनाले अन्डार, गिलान, क्वार्जाघलगायतका जिल्लाका विभिन्न ठाउँमा आक्रमण गरेको वक्तव्यमा उल्लेख छ ।

लडाकूहरुले प्रयोग गर्ने हातहतियार र अन्य बन्दोबस्तीका सामग्री पनि नष्ट गरिदिएको सेनाले जनाएको छ ।

घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

सम्बन्धित खबर