कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलर सुकी नेपालमा, विमानस्थलमा भव्य स्वागत

दियो पोस्ट  

काठमाडौँ, मंसिर १३ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिनको लागि कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सलर नेपाल आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा कम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन र म्यानमारकी स्टेट काउन्सलर आङ साङ सुकी विहीबार मध्याह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।

दुबै विशिष्ठ व्यक्तिहरुलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले विमानस्थलमा स्वागत गरेका छन् । नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो । नोबेल पुरस्कारका विजेता समेत रहेकी सुकी स्टेट काउन्सलरको रुपमा पहिलो पटक नेपाल भ्रमण गर्न लागेकी हुन् । यसअघि सन् २०१४ मा विपक्षी दलको नेताको रुपमा उनि नेपाल आएकी थिइन् । सुकीको आगमन भएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ भने माइतीघर वानेश्वर तिनकुने हुँदै विमानस्थलसम्मको वाटोमा अन्य सवारी साधनलाई केही समयको लागि रोक लगाइएको छ । नेपाली सेनाको हेलिकप्टरसहितको विशेष सुरक्षा प्रदान गरिएको छ ।

विमानस्थलमा स्वागत गरिसकेपछि पाहुनाहरुलाई सोल्टी होटल लगिएको छ । अन्य देशका व्यक्तिहरु पनि भोलीसम्म आइपुग्ने बताइएको छ । सवारी आवागमनलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी महाशाखाले १७ गतेसम्म सबै सवारी साधनहरुमा जोर विजोर प्रणाली लागु गरिसकेको छ ।

TATA ADD

सिफारिस