ठेकेदारलाई डिएसपी हेम साहीको फोन,–‘दशैं आयो एउटा खसी त दिने होला नी !’ (अडियोसहित)

दियो पोस्ट  

काठमाडौं, १५ कार्तिक । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका डिएसपी हेम शाहीले एक निर्माण व्यावसायीसँग दशैंको लागि खसी मागेको घटना सार्वजनिक भएको छ । तरुण दल बाँकेका कोषाध्यक्ष समेत रहेका केशर खड्काले आफूसँग कोहलपुरका डीएसपी शाहीले खसि नदिएकै कारण आफूलाई डिएसपी शाहीले ज्यान मार्ने धम्की समेत दिएको सार्वजनिक गरेका हुन् ।

‘केशर कहाँ छौँ । अब दशैं आयो एउटा खसी दिन्छौ होलानी भन्नु भएको छ डिएसपी सापले,’ अर्को व्यक्तिले केशरलाई फोन गर्दै भनेका छन्,‘एउटा खसि केशरले पनि देलानी भन्नु भएको छ नी यहीँ हुनुहुन्छ ।’


सोही फोनमा बोलेका डिएसपी शाहीले भनेका छन्,‘केशर के छ खबर । विजय दशमीको शुभकामना भाईलाई । यहाँ दशैं मान्ने भन्दैछन् पुलिसहरुले के गर्ने हो ? भोली मातहत लगायतका सबैमा बडा भोज जस्तो हो । य आजै पो हो त । भाइहरुलाई नै भन्ने हो हामीले । आज कार्यक्रम छ ।’
डिएसपी शाहीले खसी मागेपछि केशर खड्काले ‘आजै पठाइदिन्छु भन्दै जवाफ दिएका छन् । तर उनले खसी नदिएकै कारण डिएसपी शाहीले आफ्नो ज्यान लिने सम्मको धम्की दिएको भन्दै मानव अधिकार आयोगलाई गुहारेका छन् ।


अर्को अडियोमा भने डिएसपी शाहीले खड्कालाई धम्की दिएका छन् । ‘गतिविधि नराम्रो गरिरहेको छस् रे भाई तैँले त । मेरो सरुवा गर्न लागिरहेको छस् रे त भाई तैँले त । तैंले गरेर मेरो सरुवा हुने हो र । तँ बोल्दै हिँड् तलाई सिधै छ्ड्दिन्छु । तसँग वार नै भयो मेरो,’ उनले अर्को अडियोमा भनेका छन् ।