देउवा सरकारले नियुक्त गरेको प्रदेश प्रमुख ओली सरकारद्धारा हटाइयो

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गराएको छ ।आइतबार बसेको मन्त्रीपरिषद वैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषदले निर्णय गरेसँगै पदमुक्तका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै प्रदेशका प्रमुखको पदमुक्त गराएकी हुन् । प्रदेश १ का प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेश्वरलाल कायश्थ, प्रदेश ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गा केशर खनाल र सुदुरपश्चिम प्रदेशका प्रमुख महोनराज मल्ल पदमुक्त भएका हुन् ।

नेकपाको विरोधका बीच तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेको थियो ।

सम्बन्धित खबर